Breaking News

उपलब्धिमाथिको प्रहारलाई रोक्न सबै राजनीतिक दलहरू मिल्नुपर्छः गगन थापा

Banner

काठमाडौं, फागुन १२-

सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्राप्त उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न सबै राजनीतिक दलहरु मिल्नुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा थापाले राजनीतिक दलहरुले लडेर ल्याएको उपलब्धिमाथि विभिन्न रुपबाट प्रहार भइरहेको बताउँदै यसको रक्षाका लागि सबै दलहरू एकजुट हुनुपर्ने बताएका हुन्।

‘हामी एक अर्कालाई प्रहार गर्दागर्दै हाम्रा उपलब्धिमाथि भएको प्रहारका सन्दर्भमा हाम्रो ध्यान पुग्न सकेको छैन। त्यसमा ध्यान पुर्‍याउनुपर्ने हुन्छ,’ उनले भने। उनले सबै राजनीतिक दलहरु मिलेर नगएसम्म उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न नसकिने बताए।

थापाले सबै राजनीतिक दल र नेताहरुले मिलेर कसरी प्राप्त उपलब्धिको रक्षार्थ खट्ने भन्नेबारेमा छलफल गर्न जरुरी रहेको बताए।

महामन्त्री थापाले प्रेस स्वतन्त्रताको कुरा गर्दा समाजलाई पर्ने प्रभावका बारेमा सोचेर लेख्नुपर्ने बताउनु भयो। सञ्चारमाध्यमले प्राप्त गरेको अधिकारको दुरुपयोग भएको कुरालाई रोक्नुपर्ने कुरामा विशेष जोड दिन आवश्यक रहेको बताए। न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>