चितवन विशेष
प्राथमिक तह जिल्ला स्तरिय नृत्य प्रतियोगितामा डन एकेडेमी प्रथम

चितवन,फागुन ११-
चितवनको भरतपुरमा रहेको सनराइज इङ्ग्लिस स्कुलले आयोजना गरेको प्राथमिक तह जिल्ला स्तरीय नृत्य प्रतियोगिता भरतपुरको डन एकेडेमी प्रथम भएको छ । आज समपन्न भएको प्रतियोगितामा २० टिमलाई पछि पार्दै डन एकेडेमी प्रथम भएको हो । यस्तै ग्रिनल्याण्ड पब्लिक स्कुल द्वितिय र पदमपुर स्थित श्री चित्रवन सेकेण्डरी स्कुल तृतिय भएका छन् ।
सो कार्यक्रममा प्रमुख अतिथि समेत रहेका स्कुलका अध्यक्ष हेमराज शर्माले यस्ता किसिमको कार्यक्रमले बालबालिकामा लुकेको प्रतिभा अभिव्यक्त गर्ने बताए । उनले यस किसिमका कार्यक्रम यस सनराइज इङ्ग्लिस स्कुलले निरन्तर गरिरहेको बताए ।
वद्यालयका प्रिन्सिपल शिवकुमार बगालेले विद्यालयले शिक्षण सिकाइको साथै अतिरिक्त कृयाकलापको माध्यमबाट बालबालिकाहरूले आफुमा एकाग्रताका साथै क्षमता विकासमा टेवा पु¥याउने बताए । शुक्रबार गरिएको नृत्य प्रतियोगिता आजको आवश्यकता भइसकेको उनको भनाई छ ।
विद्यालयकी शिक्षक निशा लामाले कार्यक्रमको सहजिकरण गर्नुभएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य रामजीप्रसाद अर्याल, विद्यालयका प्रशासन प्रमुख राजाराम पाठक, विद्यालयका सहायक प्रिन्सिपल भूमिराज तिवारी, अतिरिक्त कृयाकलाप विभाग प्रमुख सुजन तिवारी लगायतको उपस्थिति कार्यक्रममा सम्पन्न भएको थियो । कार्यक्रममा निर्णायकको भूमिकामा नृत्य प्रशिक्षक राज घिमिरे र सागर विश्वकर्मा रहेका थिए ।
























