Breaking News

एक्लै चुनाव लड्ने गगन थापाको प्रस्ताव महासमितिबाट सर्वसम्मत पारित

Banner

काठमाडौं,फागुन १०-

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गरेको गठबन्धन नगरी एक्लै चुनाव लड्ने प्रस्ताव महासमिति बैठकबाट पारित भएको छ। ललितपुरको गोदावरीमा भएको महासमितिको बैठकमा महामन्त्री थापाले चुनावमा कांग्रेसले गठबन्धन नगरी एक्लै लड्ने गरी सांगठनिक प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्ताव बिहीबार महासमितिबाट पारित भएको हो।

‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छ- हामी भविष्‍यमा हुने आवधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रूख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं,’ उनको प्रस्तावमा उल्लेख गरिएको छ, ‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनःस्थापित गर्नेछौं।’

बैठकमा सभापति शेरबहादुर देउवा पक्षका कतिपय महासमिति सदस्यले गठबन्धन रणनीति विषय भएको तर्क गरेका थिए। त्यसैले अहिले नै निर्णय गर्न नहुने बताएका थिए। तैपनि उक्त प्रस्ताव सर्वसम्‍मतले पारित भएको हो। महामन्त्री गगन थापाले निर्णायार्थ पेश गर्दा कसैले विरोध गरेका थिएनन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>