अन्तर्राष्ट्रिय

सरकारसँगको वार्तामा सहमति नभएपछि भारतमा आन्दोलनरत किसान दिल्ली प्रवेशको प्रयासमा

Banner

काठमाण्डौ, फागुन ९–

संघीय राजधानी दिल्लीतर्फ अगाडि बढ्न खोजेपछि आन्दोलनरत भारतीय किसानलाई प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । चार चरणको वार्ता असफल भएपछि पुनः राजधानी दिल्लीतर्फ अगाडि बढ्न खोजेका आन्दोलनरत किसानलाई प्रहरीले रोक्नको लागि अश्रुग्यास प्रहार गरेको बीबीसीले जनाएको छ ।

आफ्नो उत्पादनको न्यूनतम समर्थन मूल्यको माग गर्दै आएका किसानहरु आन्दोलनका लागि दिल्लीतर्फ गइरहेका छन् । तर, उनीहरुको राजधानी दिल्लीको यात्रा रोक्न प्रहरीले बाटोमा धेरै तहमा काँडेतार सहित अवरोध खडा गरेको छ । पञ्जाब र हरियाणाको सीमामा हजारौँ किसानहरुले डोजरको प्रयोग गरी अवरोध हटाउने प्रयास गरेका छन् । भिड हटाउन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

यसैबीच हरियाणा प्रहरीले सुरक्षालाई ध्यानमा राख्दै पञ्जाब प्रहरीलाई पत्रकार, महिला तथा केटाकेटीलाई सीमाभन्दा एक किलोमिटर टाढै रोक्न भनेको छ । दिल्ली प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । एक महिनाका लागि ठूलो समूहमा भेला हुन रोक लगाइएको छ ।

आन्दोलनकारीहरुले सरकारले यसअघि सन् २०२०/२१ मा भएको आन्दोलनमा भएका सहमति पालना नगरेको आरोप लगाएका छन् । त्यस्तै उनीहरुले पेन्सन तथा ऋण माफीको पनि माग राखेका छन् । सरकारले दाल, मकै र कपास पाँच वर्षका लागि न्यूनतम समर्थन मूल्यमा किन्न प्रस्ताव गरे पनि किसानहरुले सबै २३ वटै बालीहरु न्यूनतम समर्थन मूल्यमा किन्नुपर्ने माग राखेका छन् । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>