समाचार
ट्याक्सी व्यवसायीहरुको सरकारविरुद्ध आन्दोलन
०

काठमाण्डौ, फागुन ९–
ट्याक्सी व्यवसायीहरुले सरकारविरुद्ध आन्दोलन शुरु गरेका छन् । सरकारले आफूहरुलाई क्षतिपूर्तिको व्यवस्था नगरी विद्युतीय ट्याक्सी नेपाल भित्र्याउने निर्णय गरेको भन्दै उनीहरुले त्यसको विरोधमा काठमाण्डौको तीनकुनेमा र्यालीसहितको विरोधसभा आयोजना गरेका हुन् ।
१० लाख क्षतिपूर्ति दिएर मात्रै विद्युतीय टयाक्सी खरिद गर्ने प्रक्रिया अघि बढाउन सरकारसँग माग गर्दै आफूहरुले विरोधको कार्यक्रम शुरु गर्नुपरेको ट्याक्सी व्यवसायी स्वरोजगार मजदुर संघर्ष समितिका संयोजक राम थापाले बताउनु भयो । संघर्ष समितिले विद्युतीय टयाक्सी खरिदमा भन्सार छुट गर्न पनि सरकारलाई दबाब दिएको छ ।
उनीहरुले नेपाली पहिचान हुने गरी इम्बोस्ड नम्बर प्लेटको व्यवस्था गर्न, बीमामा हुने झन्झटिलो प्रक्रिया हटाउन पनि सरकारसँग माग गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























