Breaking News

नवलपुरको हुप्सेकोटमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक घाइते

Banner

नवलपुर,फागुन ९-

हुप्सेकोट गाउँपालिकामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक हुप्सेकोट–२ मोहनडाँडाका पदमबहादुर ब्यम्बुको मृत्यु भएको प्रहरी निरीक्षक साजन शर्माले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरे।

हुप्सेकोट–३ को बेलहानीस्थित भित्री सडकखण्डमा झ्यालबासबाट गिरबारीतर्फ जाँदै गरेको लु ३६ प ५४९७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। घाइते हिराबहादुर आलेलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर लगेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए।

फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>