चितवन विशेष

भरतपुर १० वासीलाई चितवन मेडिकल कलेजले ५० प्रतिशत छुट दिने

Banner

चितवन, फागुन ०८-

भरतपुर महानगरपालिका वडा नम्बर-१० र चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पताल बीच वडावासीलाई स्वास्थ्य उपचारमा छुट दिने सहमति भएको छ । दुई पक्षबीच वडाका बिरामीलाई उपचारमा ५० प्रतिशत र औषधिमा ७ प्रतिशत छुट दिने सम्झौता भएको हो ।

सम्झौतापत्रमा चितवन मेडकल कलेजका व्यवस्थापक पारस अधिकारी र वडाध्यक्ष परमेश्वर खनालले हस्ताक्षर गरेका छन् । सो सम्झौता २०८० फागुन १ गतेदेखि २०८४ चैत ३० गतेसम्म लागु हुने उल्लेख छ ।

सेवा सुविधा पाउनका लागि भरतपुर महानगरपालिका वडा नम्बर १० को कार्यालय साइडमा दर्ता गर्नुपर्ने छ । दर्ता भएपछि वडाले वडाको परिचयपत्र उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख गरिएको छ । ओपिडि टिकट र आकस्मिक टिकटमा पनि छुट हुने बताइएको छ । वडा अध्यक्षको सिफारिसमा पनि १० प्रतिशत छुट दिने उल्लेख छ । यसैगरी सिटिइभिटी अन्तर्गतको रोयल क्यान्सर इन्स्टिच्युटको पढाइमा वडाकाका विद्यार्थीले नगरपालिकाको सिफारिसमा १० प्रतिशत छुट पाउनेछन् । यसैगरी वडाले वडा कार्यालयमा सर्वसाधारणले देख्ने गरी ‘मेडिकल पाट्नर चितवन मेडिकल कलेज’ लेखिएका बोर्ड राख्नुपर्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>