Breaking News

कांग्रेस महासमिति बैठक आजदेखि, २१०५ जना सहभागी हुँदै

Banner

काठमाडौं,फागुन ७-

आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा नेपाली कांग्रेसको महासमिति बैठक सुरु हुँदै छ । बैठकमा २ हजार १ सय पाँच जना सहभागी हुने भएका छन् । कांग्रेसका केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले आइतबार एक पत्रकार सम्मेलन गरी बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू एक सय ६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्यहरू एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी गराइने छ, विश्वकर्माले भनेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले आज बैठकको उद्घाटन गर्दै छन् । बैठकमा यही फागुन ४ मा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन भएका प्रतिवेदनमा छलफल हुनेछ । बैठकमा विभिन्न पाँचवटा प्रतिवेदनमाथि छलफल हुनेछन् । ती प्रतिवेदनहरूमाथि छलफल गर्न हिमाल, पहाड र तराई समेटेर समूह बनाइने र प्रतिवेदनमाथि ती समूहमा छलफल हुने विश्वकर्माले बताए ।

उनका अनुसार महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसको नीतिबारे प्रस्ताव पेस गर्नेछन् भने महामन्त्री गगन थापाले सांगठानिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता प्रकाशशरण महतले अर्थनीतिबारे प्रतिवेदन र श्याम घिमिरेले लेखा परीक्षणसम्बन्धी प्रतिवेदन पेस गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>