Breaking News

एमालेको मध्य पहाडी संकल्प यात्रामा कहीँ न कहीँ म सँगै थिएँ, सुझाव कार्यान्वयन हुन्छः प्रधानमन्त्री

Banner

काठमाडौं, फागुन ६-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले गत मंसीरमा सञ्चालन गरेको मध्य पहाडी संकल्प यात्रापछि विपक्षी दलका नेता केपी शर्मा ओलीसहित दिएको प्रतिवेदन कार्यान्वयनका लागि अघि बढाइएको बताएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालयमा हालै एमाले प्रतिनिधि मण्डल र मुख्यसचिव सहितको गहन छलफल समेत भइसकेको बताए ।

प्रधानमन्त्रीले एमालेले अघि सारेका मध्य पहाडको विकासको सन्दर्भमा सरकार पनि सहमत रहेको भन्दै एमाले उपाध्यक्ष विष्णु पौडेलसँग आफूले व्यक्तिगतरुपमा पनि छलफल गरिरहेको बताए ।

उनले एमालेको संकल्प यात्रामा आफू भौतिकरुपमा नभए पनि कहीँ न कहीँ जोडिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>