Breaking News

३९ ओभरमा अलआउट भएको नेदरल्यान्ड्सले नेपाललाई दियो १३८ रनको लक्ष्य

Banner

काठमाडौँ, फागुन ५-

आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १३८ रनको लक्ष्य दिएको छ । नेपालले राम्रो बलिङ प्रदर्शन गरेको कारण नेदरल्यान्ड्स १ सय ३७ रनमा सीमित रहँदा नेपालले १३८ रनको लक्ष्य पाएके हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा अलआउट भयो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रनको योगदान दिए । उनले ४९ बलमा १ चौका प्रहार गरे । त्यस्तै बास डे लिडेले २७ रन तथा साइब्रान्ड एन्जलबच्र्टले २३ रन बनाए ।

नोआ क्रोएसले १२ रन बनाउँदा कायल क्लाइनले नटआउट रहँदै ११ रन प्रहार गरे । म्याक्स ओ डाउड र आर्यन दत्तले १०–१० रन हिर्काए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>