Breaking News

नाममा माओवादी फ्याँक्न सकिन्छ, कम्युनिस्ट छोड्न सकिन्नः दाहाल

Banner

काठमाडौं,फागुन ३-

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नामबाट माओवादी हटाउन सकिने भए पनि कम्युनिस्ट पार्टी भने कायम राख्नुपर्ने बताएका छन् । उनले विधान अधिवेशनमा नेकपा राखेर समाजवादी, वाममोर्चा राख्न विकल्प खुला राख्ने गरी प्रस्ताव राखेका छन् ।

‘नेपाल कम्युनिस्ट पार्टी कहिले पनि छाड्न सकिन्नँ । वाम मोर्चा, समाजवादी मोर्चा, एकता इत्यादि हुँदा पछाडि पुच्छरबारे छलफल गर्ने विकल्प खुला राख्न सकिन्छ,दाहालको हलबाट आएको सुझावलाई संश्लेषण गर्दै भने । हाल पार्टीको चुनाव चिन्ह भने नफेरिने दाहालको भनाइ थियो । हाल पार्टीको नाम फेर्न खुला राखे पनि तत्काल पुरानै राखिने भएको छ । ‘अहिले नाम यथावत् राख्ने र चुनाव चिन्ह पनि थथावत् राख्नुपर्छ’ दाहालले भने ।

दाहालले पार्टी केन्द्रीय समिति प्रत्यक्ष निर्वाचित र पदाधिकारी केन्द्रीय समितिले गर्ने बताएका छन् । जारी विधान अधिवेशनलाई सम्बोधन गर्दै उनले समूहगत सुझावको आधारमा यो प्रावधान उपयुक्त हुने बताएका छन् ।

त्यस्तै विधानमा प्रस्ताव गरिएको भन्दा केन्द्रीय समितिको संख्या बढाउने निश्कर्षमा माओवादी पुगेको छ । मस्यौदामा १५१ सदसीय प्रस्ताव गरेकोमा अब १९९ सदसीय हुने छ । पदाधिकारीको संख्या घटाएर ११ बनाउने निश्कर्ष पनि माओवादीले निकालेको छ । अध्यक्ष दाहालले मंगलबार अधिवशेनमा प्रस्तुत गरेको विधान मस्यौदामाथि सबै समूहले सुझाव दिनक्रम बिहीबार सकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>