चितवन विशेष
पूर्वराजा ज्ञानेन्द्र शाह भोलि परिवारसहित देवघाटधाम जाने
०

चितवन, माघ २८-
चितवन भ्रमणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह भोलि बुधबार देवघाटधाम जानुहुने भएको छ । उहाँ स्नान र पुजाआजाका लागि दिउसो २ः३० बजे देवघाटधाम जाने कार्यक्रम तय भएको राप्रपा भरतपुर महानगर सचिव सुलभ सिग्देलले जानकारी दिनुभयो ।
पूर्वराजा दुई साता चितवनमा रहनुहुनेछ । आइतबार पूर्वराज परिवार बुद्ध एयर मार्फत भरतपुर आइपुग्दा विमानस्थल बाहिर थुप्रै संख्यामा शुभेच्छुकहरुले स्वागत गरेका थिए । उनीहरुले राजा आउँ देश बचाउँ सम्मका नारा लगाएका थिए । पूर्वराज परिवार पटिहानीस्थित सोल्टी होटलमा बसिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























