Breaking News
नेकपा माओवादीले भरतपुरमा गरायो ग्यास सिलिण्डर विस्फोट
०

चितवन, माघ २९-
गौरब नेतृत्वको नेकपा माओवादीले भरतपुरमा ग्यास सिलिण्डर विस्फोट गराएको छ । आज बिहान करिब १ः४५ बजेको समयमा भरतपुर महानगरपालिका–४ रामघाट नजिकै खुल्ला चौरमा नेकपा माओवादीले सिलिण्डर विस्फोट गराएको हो ।
घटना स्थलमा नेकपा माओवादीबाट सरकारलाई लिखित रुपमा बुझाएका मागहरु लेखेको पर्चा र ग्यास सिलिण्डरको टुक्राहरु जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
ग्यास सिलिण्डर विस्फोटबाट अन्य भौतिक तथा मानवीय क्षति नभएको उनले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा फेला परेको पर्चामा नेकपाले सरकारलाई बुझाएका ३३ बुँदे मागहरु उल्लेख गरिएको छ । सरकारको राष्ट्रघातका बिरुद्ध बिरोध गरिएको पार्टीका चितवन इन्चार्ज प्रकाश हमालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























