चितवन विशेष

उवासंघ चितवनको कार्यसमिति विस्तार/ गौतम, देवकोटा र अग्रवाल सदस्यमा मनोनित

Banner

चितवन, माघ २८-
चितवनका उद्योगी व्यवसायीहरुको छाता संगठनको रुपमा स्थापित उद्योग वाणिज्य संघ चितवनको कार्यसमिति विस्तार भएको छ । गत पुस २१ गते सम्पन्न संघको आगामी कार्याकालका लागि निर्वाचित कार्यसमितिको आइतबार सम्पन्न दोस्रो कार्यसमिति बैठकले कार्यसमिति विस्तार गरेको हो ।

संघका नवनिर्वाचित अध्यक्ष सुमन कुमार श्रेष्ठले संघको विधान अनुरुप ३ जना कार्यसमिति सदस्य मनोनित गर्नु भएको हो । अध्यक्ष श्रेष्ठले कार्यसमिति सदस्यमा मुकुन्द गौतम, सन्तोष देवकोटा र शिलु अग्रवाललाई मनोनयन गर्नु भएको हो । यसैगरी अध्यक्ष श्रेष्ठले आगामी कार्यकालको लागि विशाल श्रेष्ठलाई कृषि विशिष्ट सदस्य, सुर्य नारायण पौडेललाई पर्यटन विशिष्ट सदस्य, डा। मनोहर प्रधानलाई स्वास्थ्य विशिष्ट सदस्य र बिमल श्रेत्रीलाई शिक्षा विशिष्ट सदस्यमा मनोनित गर्नु भएको छ । अध्यक्ष श्रेष्ठले संघको कानुनी सल्लाहकारमा गोविन्द सिग्देल र राजश्व सल्लाहकारमा विमान कार्की मनोनित गर्नु भएको छ । यो संगै संघको कार्यसमिति ३५ सदस्यीय बनेको छ ।

यसैगरी आइतबार नै संघको सचिवालयमा मनोनित कार्यसमिति सदस्य, विशिष्ट सदस्य र कानुनी सल्लाहकारलाई बधाई तथा शुभकामना सहित मनोनयनपत्र हस्तान्तरण गरिएको थियो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष चुन नारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष चिरन्जीवि सुवेदी, प्रथम उपाध्यक्ष राजेन्द्र ओली, तृतीय उपाध्यक्ष नारायण प्रधान, संघका कार्यकारी निर्देशक निल बहादुर केसी, कार्यक्रम अधिकृत गणेश सुवेदीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा संघका अध्यक्ष श्रेष्ठले मनोनित हुनुभएकाहरुमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा संघ र उद्योगी व्यवसायीहरुको हितको लागि क्रियाशिल भएर लाग्न आग्रह गर्नु भयो भने मनोनित सदस्य एवं सल्लाहकारहरुले आफ्नो क्षेत्रवाट संघको उदेश्य प्राप्तीको लागि सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>