चितवन विशेष
एसआई–ग्लोबल चितवनको एजुकेशन फेयरमा विद्यार्थीको आकर्षण

चितवन, माघ २७-
एसआई–ग्लोबल चितवनले शुक्रवार आयोजना गरेको एसआई युके युनिभरसिटी फेयरमा विद्यार्थीको आकर्षण देखिएको छ । नारायणगढको केएल मलमा भएको फेयरमा विद्यार्थीको भीड थियो ।
एसआई ग्लोबल चितवनका प्रमुख शिषिर रेग्मीका अनुसार बेलायतमा अध्ययनका लागि जान इच्छुक विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा गर्ने उद्देश्यले ‘एसआईयूके युनिभरसिटी एजुकेशन फेयर २०२४’ आयोजना गरिएको हो ।
फेयरमा बेलायतका उत्कृष्ट विश्वविद्यालय युनिभर्सिटी अफ बाथ, त्रिनिटी कलेज डुम्बिलन, युनिभर्सिटी अफ युनिभर्सिटी, कार्डिफ मेट्रोपोलिटीएन युनिभर्सिटी, केला युनिभर्सिटी, युनिर्भर्सिटी अफ प्लेमाउथ, युनिभर्सिटी अफ सालफोर्ड म्यानचेष्ट्रर, स्टडी ग्रुप, अक्सफोर्ड इन्टरनेशनल एजुकेसन ग्रुप, क्याब्रिज एजुकेशन ग्रुप लगायत ३५ बढी विश्वविद्यालयका प्रतिनिधिहरुले विद्यार्थीहरूलाई उचित परामर्श प्रदान गरेको उनले बताए ।
फेयरमा सम्पूर्ण तयारी पुगेका विद्यार्थीलाई अफर लेटरसहित आकर्षक छात्रवृत्ति दिइएको छ । फेयरमा उपस्थित विद्यार्थीलाई ठाउँको ठाउँ अफर लेटर पनि दिइएको एसआई युके जनाएको छ ।
फेयरमा सहभागी भई एसआई युकेबाट एप्लाई गर्ने विद्यार्थीले मास्टर्स रिसर्च कार्यक्रममा अध्ययन गर्न जाँदा डिपेण्डेन्ट पनि लिन पाउने, आईइएलटिएस र पिटिई नभई एप्लाई गर्न पाउने लगायतका विभिन्न सुविधाहरू प्राप्त गरेका छन् ।
























