चितवन विशेष
अपराध कार्यमा संलग्नमाथि अनुसन्धान अघि बढेनः नेता बस्नेत

चितवन,माघ २६-
नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य महेश बस्नेतले सरकार टिकाउनका लागि अपराध कार्यमा संलग्न व्यक्ति माथि अनुसन्धान अगाडि नबढाएको बताउनुभएको छ । भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारसंग कुराकानी गर्दै नेता बस्नेतले वित्तिय अपराध गरेको प्रसस्त प्रमाण हुँदासमेत अनुसन्धान अगाडि नबढाएको आरोप लगाउनुभयो ।
‘सत्तामा रहेका प्रधानमन्त्री र मन्त्रीलाई केही गरी हाम्रो सरकार ढाल्यो भने अंक गणितका लागि अन्य असंख्यक तथ्य प्रमाण र आधारहरु हुँदा हुँदै पनि हाई प्रोफाईलका सहकारी ठगहरु अनुसन्धानमा आउने स्थिती छैन, नेता बस्नेतले भन्नुभयो,‘सहकारीको १७ करोडभन्दा बढी रकम ग्यालेक्सि टिभिमा लगानी गरेको प्रमाण भेटिएको छ । अनुसन्धानमा सरकार लागेको छैन ।’ उहाँले पोखरा, चितवन र बुटवलको सहकारीबाट लामिछानेको प्रत्यक्ष सहभागितामा नियम विपरित ग्यालेक्सी टिभिमा लगानी भएको बताउनुभयो ।
‘ग्यालेक्सी छिभि खोल्दा उहाँले खाने तलब देखि शेयरसम्मका कुराबाट कास्की, चितवन लगायतका जनताले दुःख गरेर जम्मा गरेको पैसाको दुरुपयोग भएको छ उहाँले भन्नुभयो,‘कानुनको अनविज्ञता प्रकट गर्दै आफु बच्दै अरु माथि हिलो छ्याप्ने काम भएको छ ।’ उहाँले अदालत समेत सरकारको सेटिङमा चलेको बताउनुभयो । उहाँले अरुण चौधारी तर्फ संकेत गर्दै जग्गा घोटला लगायतका काण्डमा अदालतले प्रहरीलाई अनुसन्धान गर्न नदिई उन्मुक्ति दिएको आरोप लगाउनुभयो । सत्ता टिकाउनका लागि सरकारले जस्तो सुकै काम गर्न तयार भएको उहाँको भनाई छ । राजनितिक अस्थितरताका कारण देशमा अनियमिता बढेको भन्दै उहाँलेनेकपा एमालेले महंगी, भ्रष्टचार विरुद्ध हुलाकी राजमार्गमा दबाव यात्रा गर्ने जानकारी दिनुभयो ।
























