चितवन विशेष

पाँच प्रदेशका आप्रवासी स्रोत केन्द्रका कर्मचारीको गोष्ठि भरतपुरमा

Banner

चितवन, माघ २५-
चितवनमा आप्रवासी स्रोत केन्द्र र उपकेन्द्रका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्नका लागि पुर्नताजकी तालिम सुरु भएको छ । वैदेशिक रोजगार बोर्डले बागमती, गण्डकी, लुम्बेनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका कर्मचारीलाइ पुर्नताजकी तालिम भरतपुरमा सुरु गरिएको हो ।

विहिबारदेखि सुरुभएको तालिम माघ २७ गतेसम्म सञ्चालन हुने आप्रवासी स्रोत केन्द्र सामी चितवनका कार्यक्रम संयोजक सुर्यप्रसाद पौडेलले जानकारी दिए । तालिममा ३५ जनाको सहभागिता रहेको छ । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनका लागि तालिमको आयोजना गरिएको वैदेशिक रोजगार एवम् आप्रवासन र सामी कार्यक्रमका संयोजक सुर्यप्रसाद पौडेलले जानकारी दिए । तालिमको उद्घाटन कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले वैदेशिक रोजगार नेपालीको बाध्यात्मक अवस्थामा सुरक्षित बनाउन तर्फ लाग्नुपर्ने बताए । गाउँ, गाउँमा वैदेशिक रोजगारीका फाइदा र बेफाइदा बारेमा जानकारी दिन आवश्यक रहेको उनको भनाई छ ।
वैदेशिक रोजगार बोर्डका निर्देशक टिकाराम ढकालले नेपाली युवाहरुले विदेश गएर तल्लो श्रेणीको कम गर्न बाध्य भएको बताएका छन् । ‘वैदेशिक रोजगारी सबैमुलुकमा हुन्छ । अमेरिकीहरु पनि अन्य मुलुकमा गएर काम गरेका छन्’, उनले भने ‘नेपालीहरुको बाध्यात्मक अवस्थामा तल्लो श्रेणीको काम गर्नुपर्ने भयो।’ वैदेशिक रोजगारीमा गएर सिप सिकेर आउने नेपालीको संख्या न्यून रहेको बताएका छन् । उनले नेपालमा सिप युक्त जनशक्ति नभएको बताए । उनका अनुसार राहदानी बनाउने ९९ प्रतिशत मानिस वैदेशिक रोजगारीमा गएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>