भिडियो

मनोज थापा मगर र तारा श्रीस मगरको गीत ‘मायाको झल्को’ सार्वजनिक

Banner

काठमाडौं, माघ २५-

गायक मनोज थापा मगर र गायिका तारा श्रीस मगरको सुमधुर स्वरमा सजिएको ‘मायाको झल्को’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मगर तथा गुरुङ समाजको परिचय झल्काउने कौडा शैलीको यस गीतमा शब्द अविनास थापा मगरको रहेको छ भने संगीत गणेश गुरुङको रहेको छ । गीतलाई स्वयम् गायक मगरले संयोजन गरेका हुन् ।

मौलिक संस्कृतिमा आधारित रहेर तयार पारिएको म्युजिक भिडियोमा शेखर घर्ती मगर, सुष्मा आले मगर र अस्मिता मगरको अभिनय रहेको छ । भिडियोमा बिजय लामाले छायांकन रहेको छ । अमृत चापागाईले सम्पादन गरेको भिडियोलाई शेखर घर्ती मगरको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो । भिडियो ‘अविनास थापा मगर’ च्यानल मार्फत सार्वजनिक भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>