मनोरञ्जन

कलाकार निश्चल बस्नेतद्वारा स्वास्थ्य संस्थालाई तीन रोपनी जग्गादान

Banner

काठमाडौँ,माघ २३-

फिल्म निर्देशक तथा कलाकार निश्चल बस्नेतले इलाम नगरपालिका –१ साखेजुङमा रहेको आफ्नो जग्गा स्थानीय स्वास्थ्य संस्थालाई प्रदान गरेका छन् । आज मंगलबार इलामस्थित मालपोत कार्यालयमा पुगेर बस्नेतले आफ्नो नाममा रहेको ३ रोपनी, २ दाम २ पैसा जग्गा स्थानीय आधारभूत स्वास्थ्य सेवा उपकेन्द्रलाई प्रदान गरेका हुन् ।

बुवाको इच्छामा अनुसार आफ्नो नाममा रहेको उक्त जग्गा दान गरेको निश्चले बताए । ‘कतै हल्ला नगरी सुटुक्क दान गर्ने इच्छा थियो’, निश्चलले भने ‘हल्ला भइहाल्यो ।’ जग्गा दान गर्न उनी बुवासँगै मालपोत कार्यालयमा पुगेका थिए । निश्चल निर्देशित पछिल्लो फिल्म ‘दिमाग खराब’ केही अगाडि प्रदर्शनमा आएको थियो । उनी अहिले दुई फिल्मको तयारीमा छन् । ती मध्य एक ‘बेहुली फ्रम मेघौली’ फागुनदेखि छायाङ्कनमा जाने तयारीमा छ, भने अर्को एक्सन फिल्म गर्ने उनले केही दिनअघि घोषणा गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>