चितवन विशेष

अनेमसंघ भरतपुर महानगर कमिटीमा सम्झना शर्माको नेतृत्व

Banner

भरतपुर,माघ २३-

अखिल नेपाल महिला संघ भरतपुर महानगर कमिटीको दोस्रो महानगर सम्मेलनले भरतपुर–५ की सम्झना शर्माको अध्यक्षतामा ५१ सदस्यीय महानगर कमिटी चयन गरेको छ । कमिटीकी अध्यक्ष किरणकुमारी अधिकारीको अध्यक्षता र नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् अनेमसंघ जिल्ला इन्चार्ज सरस्वती विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले कमिटीको उपाध्यक्षद्वयमा भरतपुर ११ की तुलमाया गुरूङ र भरतपुर १२ की विमला भट्टराईलाई चयन गरेको छ । त्यस्तै कमिटीको सचिवमा भरतपुर २ की रुपा पिया, सहसचिवमा भरतपुर १८ की लक्ष्मी शर्मा र कोषाध्यक्षमा भरतपुर ८ की सरस्वती पन्त चयन भएका छन् ।

सम्मेलनमा नेकपा एमाले केन्द्रीय सदस्य प्रभा बराल, प्रदेश कमिटी पूर्व सचिव विजय सुवेदी, प्रदेश कमिटी सदस्य कृष्णप्रसाद भुर्तेल, जिल्ला कमिटी अध्यक्ष रामप्रसाद न्यौपाने, उपाध्यक्ष कमल पाठक, भरतपुर महानगर अध्यक्ष शंकर थपलियालगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । सचिव विमला भट्टराईले सञ्चालन गरेको कार्यक्रममा सम्झना शर्माले स्वागत गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>