Breaking News

सहकारी ठगी गरेको आरोपमा रवि लामिछानेविरूद्ध प्रहरीमा उजुरी

Banner

काठमाडौं, माघ २२-

पोखराको सूर्यदर्शन सहकारी ठगीमा जिल्ला प्रहरी कार्यालय कास्कीमा पीडितहरूले प्रतिनिधि सभा सदस्य रवि लामिछानेविरूद्ध जाहेरी दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछाने, दिपेश पुन, पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन र १५ कम्पनीहरूविरूद्ध जाहेरी आएको जिल्ला प्रहरी कार्यालयका एसपी मोहनबहादुर थापाले जानकारी दिए।

सूर्यदर्शन बचत पीडित संघर्ष समितिका सदस्यहरू यसअघि पनि पटकपटक लामिछानेविरूद्ध जाहेरी लिएर प्रहरी कार्यालय पुगेका छन्। सूर्यदर्शन सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न गैरकानुनी रूपमा पैसा लगेको र टेलिभिजनको प्रबन्ध निर्देशक लामिछाने भएकाले छानबिनको दायरामा ल्याउनुपर्ने पीडित पक्षको माग छ। प्रहरीले पुर्पक्षका लागि थुनामा रहेका आइटी अफिसर भगेश्वर अर्याललाई कार्यालयमा झिकाएर अनुसन्धान गरिरहेको छ।
समितिका संयोजक किरण श्रेष्ठले यसमा कुनै पनि व्यक्तिमाथि पूर्वाग्रह नभएको बताए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>