चितवन विशेष

मादक पदार्थ सेवन गरेर मध्यरातमा हाइलक्स गाडी चलाउँदा दुर्घटना,दुई घाइते

Banner

चितवन,माघ २२-

चितवनको रत्ननगर नगरपालिका ६ सौराहास्थित हात्ती चोकमा गयराती हाइलक्स गाडी दुर्घटनामा परेको छ । हात्तीचोकबाट गैडाचोकतर्फ जाँदै गरेको बिएसी ९००६ नम्वरको हाइलक्स गाडी राती १२ः२० बजे दुर्घटनामा परेको हो । मादक पदार्थ सेवन गरेर गाडी चलाउँदा अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा गाडीमा सवार गैडाकोट १३ का २७ बर्षिय बिपिन पराजुली र भरतपुर १९ का २२ बर्षिय मनिष लामा घाइते भएका छन । उनिहरु चितवन मेडिकल कलेजमा उपचार पश्चात डिस्चार्ज भएका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>