मनोरञ्जन

देउवाका छोरा जयवीर र शिवाना आज विवाह बन्धनमा बाँधिदै, भोजमा फूलमाला, खादा र उपहार लैजान नपाइने

Banner

काठमाडौं, माघ २१-

कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह र कभर गायिका शिवाना श्रेष्ठको आज विवाह हुँदैछ । फागुन २ गते आर्मी अफिसर्स क्लबमा प्रीतिभोजको आयोजना गरिएको छ । भोजमा फूल, माला, खादा तथा उपहार नल्याउन निम्तालुलाई आग्रह गरिएको छ । निम्तोपत्रमै उक्त कुरा उल्लेख छ ।

यी दुवै लामो समयदेखि प्रेम सम्बन्धमा छन् । जेठ १९ गते यी दुईले इन्गेजमेन्ट गरेका थिए । शिवाना कभर गायिका समेत हुन् । उनले आफ्नो युट्युब च्यानल ‘एसएस’मा थुप्रै कभर गीत पोस्ट गरेकी छिन् । उनलाई युट्युबमा सब्सक्राइब गर्नेको संख्या २८ हजार छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>