Breaking News
ज्ञानेन्द्रलाई माधवको सुझावः जनतासँग भिजेर, चुनाव जितेर, प्रधानमन्त्री बन्दै देशलाई विकल्प दिए हुन्छ

काठमाडौँ, माघ २०-
पूर्वराजा ज्ञानेन्द्र शाहलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफैं प्रधानमन्त्री बन्न सुझाव दिएका छन् । अध्यक्ष एवं नेपालले यदि देश राम्रोसँग चलेको जस्तो लाग्दैन भने संवैधानिक प्रक्रियाबाट आफै प्रधानमन्त्री बनेर देश चलाउन सुझाव दिएका हुन् ।
ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शासन प्रणाली ठीक ढंगले चलेको छैन र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भएर चुनाव लड्न र प्रधानमन्त्री बन्न नेपालले सुझाव दिएका हुन् ।
‘यदि राज्य शासन प्रणाली ठीक ढंगले चलेको छैन भने, मुलुक राम्ररी चलाउन सकेका छैनन् भने नेता भएर आए हुन्छ । जनताको बीचमा भिजे हुन्छ, चुनाव जितेर आए हुन्छ । राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिए हुन्छ’, उनले भने ।
नेता नेपालले अगाडि भने, ‘अहिले राष्ट्रपति हुने मान्छेको अभाव भएर होइन । काम गर्ने भनेको प्रधानमन्त्रीले हो, प्रधानमन्त्रीसँगको यदि विवाद हो भने प्रधानमन्त्री बन्न चाहनुहुन्छ भने आउनुस् ।’


























