चितवन विशेष

मैयाँँदेवी स्मृति यू १९ महिला क्रिकेट प्रतिगोगिताको उपाधि बागमतीले जित्यो

Banner

चितवन, माघ १९-
मैयाँदेवी स्मृति राष्ट्रिय महिला यू १९ क्रिकेट प्रतियोगिताको उपाधि बागमती प्रदेशले जितेको छ । आज (शुक्रबार) उपाधिका लागि भएको खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै बागमतीले उपाधि जितेको हो ।

विजयी भएको बागमतीले एक लाख ७९ हजार सात हजार पाँच रुपैयाँ नगद सहित ट्राफि प्राप्त गरेको छ ।
भरतपुरको रामपुरस्थित गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा गण्डकीले दिएको ८५ रनको लक्ष्य बागमतीले १८ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
बागमतीको जितमा कप्तान सोनी पाख्रिनले २० रन बनाईन् । सोनीले २३ बलमा २ चौका प्रहार गरिन् । सेविका यादवले २० तथा एलिसा खड्काले १५ रन जोडे । गण्डकीकी सीमाना केसीले एक विकेट लिईन् ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८४ रन जोडेको थियो । गण्डकीकी ज्योत्सनिका मरासिनीले ३७ र सीमाना केसीले २१ रन बनाए । बागमतीकी विपिशा शाही र मनिषा उपाध्यायले एक–एक विकेट लिए ।  गण्डकीकी अलराउण्डर सीमाना केसी प्लेयर अफ दि टुर्नामेन्ट भईन् । सुदुरपश्चिमकी सावित्री धामी उत्कृष्ट ब्याटर तथा गण्डकीकी निरु जिटी प्रतियोगिताभरक्क उत्कृष्ट बलर बनिन् । प्रतियोगितामा दोस्रो भएको गण्डकीले ९५ हजार सात सय पाँच रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा सात प्रदेशको सहमागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>