Breaking News

आईसीसी यू-१९ विश्वकपः नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित

Banner

काठमाडौं,माघ १७-

दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग ५ विकेटको हार व्यहोरेको छ । नेपालले दिएको एक सय ७० रनको लक्ष्य बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशका अरिफुल इस्लामले अविजित ५९ रन बनाए । जिसन आलमले ५५ रन बनाए । नेपालका सुबास भन्डारी एक्लैले ५ विकेट लिए । पहिलो विकेटका लागि ६७ रनको साझेदारी गरेको बंगलादेश कुनै पनि समय दबाबमा देखिएन ।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रन जोडेको थियो । नेपालका विशाल विक्रम केसीले ४८ र कप्तान देव खनालले ३५ रन बनाएका थिए । उनीहरुले चौथो विकेटका लागि ६२ रनको साझेदारी गरेपनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालले अब दोस्रो तथा अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्ने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>