Breaking News
चितवनमा बोलेरोको ठक्करबाट मोटरसाइकलमा सवार बुबाको मृत्यु, छोरी घाइते
०

चितवन, माघ १४-
चितवनमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। शनिरबार बेलुका शरणपुरबाट नारायणगढ आउँदै गरेको बा.प्र. ०३-००१ च ११९७ नम्बरको बोलेरो गाडीले बा.प्र ०३-००३ प ८६२४ नम्बरको मोटरसाइकललाई भरतपुर महानगरपालिका-१६ शिवघाटमा ठक्कर दिएको हो ।
गाडीको ठक्करबाट मोटरसाइकल चालक स्थानीय ४१ वर्षीय मधुसुदन खत्री र उनकी छोरी १५ वर्षीया अपेक्षा खत्री गम्भीर घाइते भएका थिए । चालक मधुसुदनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा शनिबार बेलुका साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले नारायणी अनलाइलाई जानकारी दिए। उनकी छोरीको भने उपचार भइरहेको छ । मृतक खत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























