Breaking News

६१ किलो सुन प्रकरणका ६ प्रतिवादीलाई धरौटीमा छाड्न उच्चको आदेश

Banner

काठमाडौ,माघ १०-

राजश्व अनुसन्धान विभागले बरामद गरेको ६१ किलो सुन प्रकरणका ६ जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। बुधबार न्यायाधीश धीरबहादुर चन्द र कृष्णराम कोइरालाको इजलासले कृष्णकुमार श्रेष्ठ र पुष्करराज भट्टलाई जनही एकलाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। यादव पराजुली र सुदर्शन गौतमसँग समान २ लाखका दरले, गणेशप्रसाद पौडेल र विरेन्द्र नेपालीसँग पाँच पाँच लाख रुपैयाँ धरौटी माग गरिएको छ। तर यही मुद्दाका १२ प्रतिवादीलाई भने उच्च अदालतले पनि थुनामा पठाउने आदेश सदर गरेको छ।

दावा छिरिङ, थुप्तिन छिरिङ, दिलिप भुजेल, रामकुमार भुजेल, राजेन्द्रकुमार राई, सुमन खरेल, शिवकुमार सर्राफ, किशोर बस्नेत, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ र हर्कराज राईलाई थुनामा पठाउने जिल्लाको आदेश सदर गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area