Breaking News

नेपाली ब्याटरले एकै बलमा दौडिएर बनाए पाँच रन

Banner

काठमाडौं,माघ १०-

आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पाकिस्तानविरुद्ध नेपाली खेलाडीले एकै बलमा दौडिएर ५ रन लिएका छन् । पाकिस्तानविरुद्धको ४९ औं ओभरमा नेपालका आकाश चन्द र सुभाष भण्डारीले एकै बलमा दौडिएर ५ रन लिएका हुन् । पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद जिशानको ४९औं ओभरको पाचौं बलमा नेपालका चन्द र भण्डारीले दौडिएर ५ रन लिएका हुन् । ४९औं ओभरको पाचौं बलको सामना भण्डारीले गरेको थिए । मोहम्मदको उक्त बल भण्डारीले हाने । त्यसपछि चन्द र भण्डारीले दौडेर २ रन लिन्छन् ।

त्यसैबेला पाकिस्तानका फिल्डरले फालेको थ्रो बल समाउन सक्दैन र बल बाउन्डीतिर जान्छ । त्यसको फाइदा उठाउँदै चन्द र भण्डारीले दौडेर थप ३ रन लिन्छन् । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १ सय ९८ रन बनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>