मनोरञ्जन

नेपालकी मेनुका पौडेल इन्डियन आइडलको उत्कृष्ट १० मा

Banner

काठमाडौं, माघ ८–

नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडल सिजन १४ को उत्कृष्ट १० मा प्रवेश गरेकी छन् ।

आइतबार राती प्रशारण भएको एपिसोडबाट उनी उत्कृष्ट १० मा प्रवेश गरेकी हुन् । मेनुकाको आइतबारको प्रस्तुतिलाई पनि निर्णायकहरूले खुलेर प्रशंसा गरेका थिए । आफ्नो गायिकीले भारतमा समेत प्रशंसा पाइरहेकी मेनुकाले बलिउड चलचित्र ‘सलार’मा गीत गाइसकेकी छन् । उक्त चलचित्र केही समय अगाडि प्रदर्शनमा आएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>