खेलकुद

सेन्ट्रल कलेज अन्तर वडा मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा भरतपुर–१६ विजयी

Banner

चितवन, माघ ८-

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको सेन्ट्रल कलेज अन्तर वडा मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा भरतपुर–१६ विजयी भएको छ । रंगशाला निर्माणार्थ माघ ५ र ६ गते भएको प्रतियोगितामा भरतपुर–१५, १६, १७ र १९ सहभागी भएका थिए । चितवन जिल्ला क्रिकेट संघ र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ स्थानीय पहल समितिको संयुक्त आयोजनामा उक्त क्रिकेट प्रतियोगितो भएको हो ।

प्रतियोगितामा विजयी भरतपुर–१६ ले नगद १० हजार, प्रमाणपत्र र ट्रफि प्राप्त गरेको छ भने दोस्रो भएको भरतपुर–१५ ले नगद ७ हजार, प्रमाणपत्र र ट्रफि पाएको छ । सान्त्वना पुरस्कार स्वरुप भरतपुर–१७ लाई ३ हजार र भरतपुर–१९ लाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ स्थानीय पहल समितिका सचिव मिनबहादुर बानियाँले बताए । प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज रहेको थियो । प्रतियोगितामा सहभागी चार वटै टिमलाई सेन्ट्रल कलेजले जर्सी उपलब्ध गराएको थियो ।

सेन्ट्रल कलेजका सञ्चालक वाईबी पौडेलले व्यवसायबाट आएको नाफाबाट सरकारलाई कर तिरेर सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक काममा सहयोग गर्दै आएको बताए । चितवन जिल्ला क्रिकेट संघको सल्लाहकार समेत रहेका पौडेलले सेन्ट्रल कलेजले जापान, अष्ट्रेलिया, क्यानडा लगायतका विभिन्न देशमा उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श एवम् भाषा कक्षा दिँदै आएको बताए । गौतमबुद्ध क्रिकेट रंगशाला बन्नुपर्छ भनेर आफुले आर्थिक र भौतिक दुवै तरिकाले सहयोग गरिरहेको उनले बताए । ‘यो रंगशाला छिट्टै बन्नुपर्छ । यहाँ अन्तर्राष्ट्रिय खेलहरु छिट्टै हुनुपर्छ । यहाँका प्रतिभाहरु अगाडि बढ्न पाउनुपर्छ’, उनले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>