चितवन विशेष
नारायणगढ जेसिजसंग सेन्ट्रल कलेजको व्यवसायिक साझेदारी

चितवन,पुस ७-
सेन्ट्रल कलेजले नारायणगढ जेसिजसंग व्यवसायिक साझेदारी गरेको छ । शनिबार नारायणगढमा आयोेजित कार्यक्रममा कलेजका प्रिन्सिपल यज्ञ बिलास (वाइबी) पौडेल र नारायणगढ जेसिजका अध्यक्ष राजेन्द्र भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । अर्थशास्त्री एवं तनहुँ क्षेत्र नम्वर १ का सांसद डा.स्वर्णिम वाग्ले प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रिन्सिपल पौडेललाई खादा ओढाएर सम्मान समेत गरिएको थियो । शिक्षा, खेलकुद र सामाजिक क्षेत्रमा पौडेलले पु¥याएको योगदानको कार्यक्रममा प्रशंसा गरिएको थियो । नारायणगढका पूर्व अध्यक्षहरुको रोहबरमा भएको सम्झौता अनुुसार सेन्ट्रल कलेजले नारायणगढ जेसिजसंग बार्षिक एक लाख रुपैंया बराबरको व्यवसायीक साझेदारी गर्नेछ ।

सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया, जापान, क्यानडा, युएसए, यूके लगायतका देशमा जान चाहाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श र भिजा प्रोशेसिङको काम गर्दै आइरहेको छ । कलेजले नारायणगढ ओरालोमा रहेको आफ्नै भवनबाट समेत सेवा दिने अन्तिम तयारी गरेको छ । चितवन र नवलपुरका विद्यार्थीलाई निःशुल्क बससेवा समेत संचालन गरेको कलेजले विभिन्न जिल्लामा आफ्ना शाखा मार्फत सेवा प्रदान गरिरहेको छ ।
























