मनोरञ्जन

नयनताराले मागिन् माफी

Banner

चेन्नई, माघ ५-

दक्षिण भारतकी सुपरस्टार नायिका नयनताराले माफी मागेकी छिन् । नयनताराको फिल्म लगातार विवादित बनिरहेका बेला उनले माफी मागेकी हुन् । धार्मिक भावनामा चोट लगाएको आरोप लागेर विवाद चर्किएपछि नेटफ्लिक्सले फिल्मलाई हटाएको थियो । यसैबिचमा नयनताराले माफी मागेकी हुन् ।

माफी माग्दै उनले फिल्मको कहानी कहिले हार नमान्ने अनि प्रेरणादायक भएको भनेकी छिन् । आफूहरुले सकारात्मक सन्देश शेयर गर्ने प्रयासमा अज्ञानतामा मानिसलाई चोट पुर्याएको पनि उनले भनेकी छन् । सेन्सर भएर ओटीटीमा गएको फिल्मलाई हटाइएला भन्ने अपेक्षा आफूले नगरेको उनको भनाइ छ । आफू र आफ्नो टिमले कसैलाई पनि ठेस पुर्याउला भन्ने नसोचेको भन्दै ठेस लागेका सबैसँग उनले मनैदेखि माफी पनि मागेकी छिन् ।

के भएको थियो ?

फिल्म हलपछि ओटीटी प्लेटफर्ममा नयनताराको अन्नपूर्णी रिलिज भएको थियो । फिल्मको एउटा दृश्यमा श्रीरामलाई मांसाहारी भनिएको थियो । यसकै कारण फिल्म मेकर, नेटफ्लिक्स र नयनतारा विरुद्ध धार्मिक भावनालाई चोट पुर्याएको भन्दै ऊजुरी दर्ता गरिएको थियो ।

मेकरहरुले भगवान श्रीरामको अपमान गरेर हिन्दु समुदायको भावनामा ठेस पुर्याएको शिवसेनाका पूर्व नेता रमेश सोलंकीले ऊजुरीमा भनेका थिए । अन्नपूर्णी यहि डिसेम्बर १ मा रिलिज भएको थियो । फिल्म नेटफ्लिक्समा स्ट्रिम हुँदै थियो । फिल्ममा नयनतारा लिड रोलमा थिइन् । उनी मन्दिरको पूजारीको छोरीको भूमिकामा थिइन् । शेफ बन्नका लागि उनले ननभेज पकाएको फिल्ममा देखाइएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>