देश/प्रदेश
गाउँपालिकाकी उपाध्यक्ष जोशीको निधन
०

कैलाली, माघ ४-
गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको ५२ वर्षको उमेरमा आज बिहान ३ बजे निधन भएको हो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर रोकायाले जोशीको आफ्नै घरमा निधन भएको जानकारी दिए । उपाध्यक्ष जोशी क्यान्सरबाट पीडित थिइन् ।
स्थानीय तह चुनावमा जोशी नेपाली काङ्ग्रेसबाट उम्मेदवार भई उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























