अन्तर्राष्ट्रिय

आमाको हत्यापछि शव सुटकेसमा छाडेर भाग्ने छोरीलाई २६ वर्ष जेल सजाय

Banner

वासिङ्टन, माघ ४-

आफूलाई जन्म दिने आमाको हत्या गर्ने अमेरिकी महिलालाई २६ वर्षको जेल सजाय सुनाइएको छ । इन्डोनेसियाको बालीमा बिदा मनाउन गएको बेलामा हिथर म्याकले सन् २०१४ मा आमाको हत्या गरेर सुटकेसमा शव छाडेर भागेकी थिइन् । यस घटनामा इन्डोनेसियामा सन् २०१५ मा अभियोग लगाएर हिथरलाई १० वर्षको जेल सजाय तोकिएको थियो । तर सन् २०२१ मा उनी रिहा भइन् ।

अमेरिकामा आउने बित्तिकै प्रहरीहरूले हिथर पक्राउ परिन् । अमेरिकी नागरिकलाई मार्ने षडयन्त्र गरेको भन्दै उनीमाथि अभियोग चलाइयो । गएको २ वर्ष म्याकले सिकागो जेलमा फैसला कुर्दै बिताइन् । बुधबार न्यायाधीश म्याथ्यू केन्नेल्लीले हाल २८ वर्ष पुगेकी हिथरलाई २६ वर्षको जेल सजाय सुनाए । अमेरिकी जेलमा अहिलेसम्म उनले बिताएको समय कटाउँदा सजाय घटेर २३ वर्षमा झरेको छ ।

अभियोजनकर्ताहरूले आरोपीलाई २८ वर्षको जेल सजाय दिलाउन खोजेका थिए । हिथरले आफ्नो तत्कालीन प्रेमी टमी शफरसँग मिलेर आमाको हत्या गरेकी थिइन् । म्याककी आमा धनी थिइन् । उनको नाममा रहेको ट्रस्ट फन्डको १५ लाख डलर कुम्ल्याउने दाउमा म्याक र शफरले शिला भोन विज म्याकको हत्या गरेका थिए । घटनाको समयमा १८ वर्षकी हिथर गर्भवती थिइन् । म्याकले आमाको मुख थुनिरहँदा शफरले फलफूल राख्ने कचौराले टाउकोमा हानेर विज म्याकको हत्या गरेका थिए । शबलाई उनीहरुले सुटकेशभित्र हालेका थिए ।

हत्यापछि हिथर र शफरले शूटकेशलाई ट्याक्सीमा छाडेका थिए । ट्याक्सी चालकले यसबारे प्रहरीलाई जानकारी दियो । प्रहरीले खोजतलासको क्रममा म्याक र शफरले बालीको अर्को होटेलमा फेला पारेका थिए । अमेरिकामा चलाइएको अभियोगमा सुरुमा हिथरलाई निर्दोष घोषित गरिएको थियो । आफ्नै आमा मारेर पनि हिथरलाई कुनै पछुतो नभएको तर्क गर्दै विज म्याकको भाइले अभियुक्तलाई अधिकतम सजायको माग गरेका थिए । अमेरिकामा चलाइएको अभियोगमा शफरको पनि नाम मुछिएको थियो । तर उनी इन्डोनेसियामा हिरासतमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>