चितवन विशेष
भरतपुरको मानव सेवा आश्रममा आश्रित एक पुरुषको मृत्यु
०

चितवन, माघ ४-
भरतपुर महानगरपालिका–३ बेलचोकस्थित मानव सेवा आश्रममा आश्रित एक पुरुषको आश्रममै मृत्यु भएको छ ।
अन्दाजी ४६ वर्षीय नवीन कुमार परियारलाई गएको पुस २५ गते उद्धार गरी आश्रममा लगिएको थियो । परियारको बुधवार बिहान ९ः४५ बजे मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
उनको मृत्युको कारण खुलेको छैन । मानव सेवा आश्रमले सडक पेटिमा भेटिएका असहाय एवम् असक्तलाई उद्धार गरी संरक्षण दिँदै आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























