अन्तर्राष्ट्रिय

बेलायतमा आज १४ वर्ष यताकै सबैभन्दा चिसो

Banner

बेलायत, माघ ३-

बेलायतमा सन् २०१० जनवरी यताकै सबैभन्दा चिसो रात आज हुनसक्ने त्यहाँको मौसम विभागले बताएको छ । स्थानीय समय अनुसार आज राति स्कटल्याण्डका केही भागहरूमा न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियससम्म झर्ने सम्भावना रहेको मौसमविद्ले बताएका बीबीसीले जनाएको छ ।

यसअघि त्यहाँको तापक्रम माइनस ८ डिग्रीसम्म पुगेको थियो । स्कटल्याण्ड र उत्तरी इङ्गल्याण्डमा यसअघि नै बाक्लो हिमपातका कारण विद्यालयहरू बन्द भइसकेको थियो । त्यस क्षेत्रमा पैदल यात्रा र गाडी सञ्चालनमा पनि समस्या छ ।

बेलायतमा यो हप्ताको अन्त्यमा विनासकारी आँधी आउनुपूर्व ४० सेन्टिमिटरभन्दा बढी हिउँ पर्न सक्ने भन्दै त्यहाँको मौसम विभागले यसअघि नै चेतावनी जारी गरिसकेको थियो । चिसोबाट जोखिममा रहेका वृद्धवृद्धा र बालबालिकालाई जोगाउन त्यहाँका अधिकारीहरुले आग्रह गरेका खबरमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>