अन्तर्राष्ट्रिय

इरानी मिसाइल आक्रमणमा परेर दुई बालबालिकाको मृत्यु

०
Banner

काठमाडौं, माघ ३-

इरानी मिसाइल आक्रमणमा परेर दुई बालबालिकाको मृत्यु भएको पाकिस्तानले उल्लेख गरेको छ । इरानको पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बालुचिस्तानको पाकिस्तान इरान सीमा क्षेत्रमा मिसाइल हमला गरेको थियो ।

बीबीसीका अनुसार मंगलबारको इरानी सिमाइल हमलामा परेर दुई बालबालिकाको मृत्यु भएको तथा अरु तीन घाइते भएको पाकिस्तानले बताएको छ । इरानले आफ्नो देशमा हमला गर्ने पाकिस्तानको अतिवादी समुह जैस अल अदलका मुकाममा आक्रमण गरेको बताएको छ तर आक्रमण गैरकानुनी भन्दै पाकिस्तानले आलोचना गरेको छ ।

आक्रमणको परिणाम राम्रो नहुने पाकिस्तानले चेतावनी दिएको छ। इराक, सिरिया पछि पाकिस्तान इरानी मिसाइल हमलामा परेको तेस्रो देश हो । पछिल्लो हप्तामा इरानले आफ्नो देशमा भएका हमलामा ती देशमा भएका अतिवादीहरुको हात भएको भन्दै आक्रमण सुरु गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>