अन्तर्राष्ट्रिय
न्युजिल्याण्डकी सांसदले चोरीको आरोपपछि दिइन् राजीनामा
०

काठमाडौँ, माघ ३-
न्यूजील्याण्डकी एक सांसदले चोरी गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएकी छन् ।
ग्रिन पार्टीकी ४२ वर्षीया सांसद गोलरिज घाहरमनले पसलबाट तीन पटक चोरी गरेको आरोपपछि राजीनामा दिएकी हुन् । उनले एक पटक अकल्याण्डमा र दुई पटक बेलिङ्गटनको पसलबाट चोरी गरेको आरोप छ ।
पछिल्लोपटक उनले अकल्याण्डको एक बुटिकबाट ब्याग उठाएर हिँडेको सीसीटीभी फुटेज सार्वजनिक भएको बीबीसीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























