देश/प्रदेश

बागमतीमा सरकारविरुद्ध एमाले सशक्त रुपमा प्रस्तुत हुने

Banner

मकवानपुर, माघ ३-

बागमती प्रदेश सरकारप्रति सशक्त रूपमा प्रस्तुत हुनुपर्ने नेकपा एमालेका सांसदहरूले माग गरेका छन् । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा सांसदहरूले सरकार गलत दिशा तर्फ अग्रसर भइरहेकाले प्रतिपक्ष दलले सशक्त भूमिका निर्वाह गर्नुपर्ने माग गरेका हुन् ।

प्रदेश सरकारको काम कारबाही र रवैया नागरिकको हितविपरीत रहेको भन्दै एमाले आफ्नो भूमिका सशक्त रूपमा उठाउनु पर्ने सांसदहरूको भनाई छ । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको अध्यक्षतामा हेटौँडामा बसेको बैठकमा अधिकांश सदस्यले सरकार प्रति प्रतिपक्षको व्यवहार आवश्यक भन्दा लचिलो भएको सांसदहरू टिप्पणी गरेका हुन् । सरकारले पेलेर अघि बढ्ने नीति लिएको भन्दै सो विरुद्धमा एमालेले आफ्नो भूमिकालाई जिम्मेवार र सशक्त बनाएर जनता प्रति उत्तरदायी बन्नुपर्ने उनीहरूको भनाई छ ।

‘प्रतिपक्ष सरकार जस्तो लचिलो बनिरहेको छ । सरकार चाहिँ प्रतिपक्ष जस्तो कडा भएर अघि बढिरहेको छ,’ उनीहरूले भने, ‘एमालेले सरकारलाई हदैसम्म लचिलो बनेर सहयोग गरिरहेको छ । तर, सरकारले त्यसलाई जिम्मेवार ढङ्गबाट बुझ्न सकेन । हामीले हाम्रो भूमिका सशक्त बनाउन जरुरी छ ।’

बैठकमा बोल्दै प्रदेशसभा सदस्य एवम् एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जनताको आवश्यकता परिपूर्ति गर्ने र समानुपातिक तथा समतामूलक विकासका लागि एमालेले सशक्त प्रतिपक्षको भूमिका जिम्मेवार ढङ्गबाट निर्वाह गर्नुपर्ने बताए । उनले नागरिकको हक अधिकार र हितका लागि एमालेले आफ्नो भूमिका प्रतिपक्षबाट निर्वाह गर्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>