काठमाडौँ

काठमाडौंवासीलाई सरकारको आग्रह, मेलम्ची पानीको गुणस्तरमा शङ्का नगर्नुस्

०
Banner

काठमाडौं, माघ ३–

खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी वितरण गरेको बताएको छ।

विज्ञप्ति जारी गरी मन्त्रालयले पुराना पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा माटोको अवशेषका कारण पानी वितरण क्रममा केही समय पानी धमिलो आउनसक्ने भए पनि क्रमशः सफा पानी प्रवाह हुँदै जाने बताएको छ। यद्यपि पानीको गुणस्तरमा शंका नगर्न मन्त्रालयले आग्रह गरेको छ।

सरकारले सोमबार काठमाडौंमा मेलम्चीको पानी वितरण शुरु गरेको थियो । २०७८ असार १, साउन १६ र १७ गतेको बाढीले मेलम्ची खानेपानीको मुहान क्षेत्र बगरमा परिणत गरेको थियो।

हेडवर्क्स लगायतका संरचना पुरेको थियो। अहिले पनि बाँधे क्षेत्र पूर्णरुपमा निर्माण गरिएको छैन भने पानी वितरण दिगो हुनेमा प्रश्न उठेको छ । फेरि बाढी आउनेबित्तिकै पानी वितरण रोकिने अवस्था छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>