पत्रपत्रिका

मलेसियामा नेपाली कामदारमाथि चरम श्रमशोषण

०
Banner

काठमाडौं, माघ ३-

मलेसियाको पिटी स्विफ्ट मार्केटिङ एसडीएन बीएचडी कम्पनीले नेपाली श्रमिकमाथि चरम श्रम शोषण गरेको पाइएको छ ।

काठमाडौंमा रहेको काबेली ह्युमन रिसोर्स प्रालि र रिदम ओभरसिज प्रालि (सम्पदा ओभरसिज मर्ज)मार्फत मलेसिया पुगेका सयभन्दा बढी नेपाली श्रमिकलाई काम गरे पनि ‘टार्गेट’ नपुगेको भन्दै पुरै तलब नदिने र दिए पनि तलब काटेर दिने गरेको उनीहरूले बताएका छन् ।

कम्पनीमा मरिमरी काम गर्दा पनि टार्गेट पुगेन भनेर तलबबाट पैसा काटिदिने, थर्काउने, धम्क्याउने, कुट्नेपिट्ने गरेका कारण आफूहरू धेरै समस्यामा परेको प्रेमसिंह महराले जानकारी दिए ।

‘कम्पनीको समस्या एकदम गाह्रो छ, टार्गेट पुगेन भनेर हरेक महिना तलब काट्ने गरेको छ,’ प्रेमले भने, ‘कम्पनीले हामीहरूको कुरा पनि सुन्दैन, टार्गेट पूरा भएन भने कुट्नेपिट्ने मात्र गर्छ, धेरैपटक यहाँस्थित नेपाली दूतावास गयौं, कुनै पनि समस्याको सुनवाइ भएको छैन ।’

दूतावासले कम्पनीका प्रतिनिधि बोलाएर छलफल गरेको भए पनि निकास निस्कन सकेको छैन ।

‘कम्पनीले दूतावास किन गएको ? केही समस्या छ भने कम्पनीमै भन्नु भनेर उल्टै थर्काउने काम गरेको छ,’ उनीहरूले भने, ‘बरु कम्पनीले कम्पनीविरुद्ध बोल्ने केही साथीहरूलाई बोलाएर डिपोर्ट गर्ने तयारी गरेपछि हामीहरूले नेपाल पठाउने भए सबैलाई पठाउन भनेका छौं ।’

म्यानपावर कम्पनीलाई ३ लाख रुपैयाँभन्दा बढी पैसा तिरेर यहाँ आएको उनीहरूले बताएका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>