समाचार

रुसी सेनामा भर्ती भएका लमजुङका एक युवाको ज्यान गयो

०
Banner

काठमाडौँ,माघ २-

रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस – युक्रेन युद्धमा मृत्यु भएको हो। रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर पाँच दिन अघि परिवारलाई प्राप्त भएको दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङले जानकारी दिए। गुरुङ गत भदौमा रुस पुगेका थिए।

गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरुले उनका भाइ कुमार गुरुङलाई मृत्युको खबर सुनाएका थिए। जर्मनीमा रहेका भाइ कुमारले दाइको मृत्युको खबर काठमाडौँमा रहेका भाइबहिनीलाई भनेपछि मात्रै लमजुङस्थित मृतक गुरुङको घरमा खवर पुगेको गाउँपालिकाका अध्यक्ष गुरुङले  बताए।

मृतक गुरुङको घरमा हजुरआमा, बुबा,आमा, श्रीमती र चार बर्षका एक सन्तान छन्। मृत्युको खवर प्राप्त भएपछि परिवारले गत पुस २९ गते नै कुसको प्रतिमा बनाएर अन्तिम संस्कार समेत गरेका छन्। गुरुङ दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्ष समेत बनेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>