समाचार

३ लाख धरौटीमा छुटे जलहरी प्रकरणका प्रतिवादी थापा

०
Banner

काठमाडौं, माघ २-

पशुपतिमा सुनको जलहरी चढाउँदा भ्रष्टाचार भएको मुद्दामा प्रतिवादी बनाइएका तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापा ३ लाख धरौटीमा रिहा भएका छन्। विशेषका न्यायाधीशद्वय खुसीप्रसाद थारू र रामबहादुर थापाको इजलासले यस्तो आदेश दिएको हो। पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव समेत रहेका थापासहित तीन जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।

अख्तियारले थापासँगै तत्कालीन सदस्यसचिव प्रदिप ढकाल र स्टोरकिपर अरूणकुमार श्रेष्ठविरूद्ध मुद्दा दायर गरेको थियो। एक करोड १७ लाख १ हजार ७२१ रुपैयाँ बिगो मागदाबी गरी उक्त मुद्दा असोज १४ गते दर्ता भएको थियो। मुद्दा दर्ता भएयता फरार रहेका थापा पुस २५ गते विशेष अदालतमा हाजिर भएका थिए। त्यसदिन विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू र रामबहादुर थापाको इजलासले ३ लाख धरौटीमा छाडेको सूचना अधिकारी एवं उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए। ढकाल र श्रेष्ठ भने अदालतमा हाजिर भएका छैनन्। उनीहरू फरार छन्।

पशुपतिमा जलहरी राख्दा उनीहरूले १४९१.७१८ ग्राम (एक किलो ४ सय ९१ ग्राम ७ सय १८ मिलिग्राम) सुन हिनामिना गरेको अख्तियारको दाबी थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>