समाचार

बीपीका उपकुलपति तत्काल उपस्थित गराइदिन हर्क साम्पाङले स्वास्थ्यमन्त्रीलाई लेखे पत्र

०
Banner

काठमाडौं, माघ २- 

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा. डा. प्रल्हाद कार्कीलाई तत्काल उपस्थित गराइदिन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई आग्रह गरेका छन् ।

मंगलबार मन्त्री बस्नेतलाई पत्र लेखी मेयर साम्पाङले प्रतिष्ठानमा दिनहुँ आन्दोलन भई उपचार सेवा प्रभावित भएको, पठनपाठन र परीक्षासमेत ठप्प भएको भन्दै कायम मुकायम उपकुलपतिलाई उपस्थित गराएर निकासका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् । कायममुकायम उपकुलपति अर्यालले कार्यकारिणी समितिको बैठक डाक्न नसकेको, कर्मचारी र चिकित्सकको माग सम्बोधन गर्नुपर्नेमा लुकिछिपी बसेको, आफू नभएको अवस्थामा प्रतिष्ठानको अख्तियारी पाएका कामु उपकुलपतिको सबै अधिकार फिर्ता लिएको, आफू अनुकुलको व्यक्ति तयार गर्न प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई जिम्मेवारीबाट हटाएको मेयर साम्पाङले उल्लेख गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>