अन्तर्राष्ट्रिय

लाल सागरमा अमेरिकी जहाजमाथि भएको आक्रमणको जिम्मा हुथी समूहले लियो

०
Banner

माघ २-

यमनको हुथी सशस्त्र समूहले अडेनको खाडीमा अमेरिकी जहाजमा भएको आक्रमणको जिम्मेवारी लिएको छ । हुथी सेनाका प्रवक्ताले हुथीद्वारा सञ्चालित अल–मासिराह अडेनको खाडीमा अमेरिकी जहाजमा हिजो भएको आक्रमणको जिम्मेवारी लिएको बताएका हुन् ।

उनले हुथी समूहले अब देश विरुद्धको गतिविधिमा सहभागी हुने सबै अमेरिकी र बेलायती जहाजहरू र युद्धपोतहरूलाई आक्रमण गर्ने चेतावनी दिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

आफ्नो समूहले थप द्वन्द्व नखोजेको तर अमेरिका बेलायतले लालसागरलाई अझ खतरनाक बनाएको हुथी समूहको आरोप छ । यसैबीच यमनमा बढ्दो हिंसाले शान्ति स्थापनाको प्रयासलाई कमजोर पार्ने खतरा बढेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>