धरान

बिपी प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा हर्क साम्पाङको ताला

०
Banner

विराटनगर, माघ २-

धरानका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा ताला लगाइदिएका छन् ।
सिनेट सदस्यसमेत रहेका मेयर साम्पाङले सोमबार शिक्षक, कर्मचारीहरुको निरन्तरको आन्दोलनले अस्तव्यस्त रहेको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राडा प्रल्हाद कार्कीको कार्यकक्षमा ताला लगाइदिएका हुन् । उनले ताला नखोल्न चेतावनीसमेत दिएका छन्।

अहिले बीपी प्रतिष्ठानका शिक्षक, कर्मचारीहरू आन्दोलनमा छन्। यस्तो बेलामा प्रतिष्ठानको समस्या समाधान गर्न छोडेर विदामा बसेका कामु उपकुलपति कार्कीको कार्यकक्षमा आफूले ताला लगाउनु परेको मेयर साम्पाङको भनाइ छ। कामु उपकुलपति कार्कीले कार्यकारिणी समितिको बैठक बोलाएर विदामा बसेपछि शिक्षक, कर्मचारीहरूले उपकुलपतिलाई प्रतिष्ठानमा निषेधित क्षेत्र घोषणा गरेका छन्।

गएको कात्तिक २० गते शिक्षक, कर्मचारीसँग छुट्टाछुट्टै सहमति भएको थियो। सो सहमति कार्यान्वयन नगरी सम्पर्कविहीन भएर बसेको भन्दै मेयर साम्पाङ र आन्दोलनकारी शिक्षक कर्मचारीले कार्कीको राजीनामा मागिरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>