देश/प्रदेश
इनारमा खसेकी महिलाको साढे दुई घण्टापछि उद्धार
०

काठमाडौं, माघ १-
इनारमा खसेकी महिलाको उद्धार गरिएको छ । ललितपुरको इमाडोलस्थित इनारमा खसेकी महिलाको करिब साढे दुई घण्टापछि उद्धार गरिएको हो ।
दोलखा घर भई इमाडोलको कृष्ण मन्दिर पछाडि तिर डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधानलाई उद्धारपछि उपचारका लागि पाटन अस्पतालमा लगिएको ललितपुरको सातदोबाटो प्रहरी कार्यालयका डिएसपी उमेश जोशीले जानकारी दिए ।
उनको उद्धारका लागि नेपाल प्रहरी, विपद व्यवस्थापनको टोली र नेपाली सेनाको टोली पनि खटिएको थियो । उनी आज बिहान लुगा सुकाउने क्रममा इनारमाथि चढ्दा स्लाब फुटेर इनारभित्र खसेकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























