राजनीति

रास्वपाका करिब दुई दर्जन कार्यकर्ताले छाडे पार्टी

Banner

रुपन्देही, माघ १-

राष्ट्रिय स्वतन्त्र पार्टीका करिब दुई दर्जन नेता कार्यकर्ताले एकै पटक पार्टी छाडेका छन् । पार्टीभित्रको गुट उपगुट, स्वार्थीपन र नेतृत्वप्रति रहेको स्वार्थीपनाका कारण बर्दियाको गुलेरियामा रास्वपाका २१ जना कार्यकर्ताले पार्टी छाडेका हुन् ।

गुलरिया नगरपालिका वडा नं ४ को विभिन्न पदमा रहेका २१ जनाले सामूहिक हस्ताक्षरसहितको राजीनामा बुझाउँदै पुराना दलका नेताहरूको र नयाँ भनिएको दलको पनि स्वार्थहरू उस्तै रहेकाले आफूहरू यो पार्टीमा बस्न नसकेको विज्ञप्तिमा उल्लेख छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>