देश/प्रदेश
इनार छोपेको स्लाब फुट्दा एक महिला इनारभित्र खसिन्, उद्धारको प्रयास जारी
०

काठमाडौँ, माघ १-
दोलखा घर भईी एक महिला ललितपुरको इमाडोलमा रहेको इनारमा खसेकी छन् । इमाडोलमा डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान इनारमा खसेकी हुन् ।
आज बिहान लुगा सुकाउने क्रममा उनी इनारमाथि चढेकी थिइन् । इनारलाई छोपेको स्लाब फुटेपछि उनी इनारभित्र खसेकी र हाल उनको उद्धार प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
‘उहाँलाई चोटपटक लागेको छ, बोलिरहनु भएको छ, उद्धारको प्रयास भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय ललितपुरका एक अधिकृतले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























